Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको विदेश मन्त्रालयको व्यापक पुनर्संरचना गर्ने खालको एउटा कार्यकारी आदेश जारी गर्ने तयारी गरिरहेको द टेलिग्राफले जनाएको छ ।
न्युयोर्क टाइम्स र ब्लुमबर्गले प्राप्त गरेको उक्त कार्यकारी आदेशको मस्यौदालाई अन्तिम रूप दिएर ट्रम्पले यसै साता हस्ताक्षर गर्न सक्ने बताइएको छ ।
अक्टोबर १ सम्ममा लागु हुने भनिएको उक्त कार्यकारी आदेशको मस्यौदामा विदेश मन्त्रालयमा हुने ठूला परिवर्तनको रूपरेखा तयार गरिएको जनाइएको छ
त्यसानुसार ट्रम्प अफ्रिकासम्बन्धी लगभग सबै कार्य बन्द गर्ने तयारीमा छन् । र, सबै महादेशका विभिन्न देशमा रहेका दूतावास बन्द गर्ने योजना छ । उक्त कार्यकारी आदेश जारी भएमा यो सन् १७८९ पछिको हालसम्मकै ठूलो पुनर्संरचना हुने बताइएको छ ।
उक्त आदेशले जलवायु परिवर्तन, शरणार्थीलाई मानवीय सहयोग प्रदान, लोकतन्त्र र मानवअधिकार नीतिसम्बन्धी कार्यालयहरू हटाइनेछ । क्यानडामा कूटनीतिक कार्यालयहरूमा ठूलो कटौती गर्ने योजनासम्म रहेको बताइएको छ ।
एक अमेरिकी कूटनीतिज्ञले यो मस्यौदालाई ट्रम्प प्रशासनको ‘पागलपन’को संज्ञा दिएका छन् । उनले भने, यसमा धेरै विषय सुधार गर्न सकिन्थ्यो । तर, धेरै बाँदरहरूलाई धेरै टाइपराइटरहरू दिइयो भने पनि योभन्दा राम्रो योजना बन्न सक्थे ।
तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो मस्यौदालाई झुटो भन्दै खारेज गरेका छन् ।
उक्त मस्यौदाअनुसारको कार्यकारी आदेश जारी भएमा ट्रम्पले विदेश सेवाका कर्मचारीलाई जागिरबाट हटाउने प्रयास गर्नेछन् । उनको विदेश नीतिसँग मेल खाने गरी नयाँ नियुक्तिका मापदण्ड पनि तोक्नेछन् ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल