Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद माया राई पक्राउ परेको विषयको जानकारी संसद्लाई

काठमाडौं । सांसद माया राई पक्राउ परेको विषय प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा लामो सयमदेखि प्रहरीको फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद राईलाई प्रहरीले शनिबार काठमाडौँबाट पक्राउ गरेको थियो। सांसद पक्राउ परे सभामुखलाई जानकारी गराउने परंपरा छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार कपनबाट पक्राउ गरेको जानकारी गराएको हो। राई हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छिन्। उनी काठमाडौँको स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन्। राई स्वर्णलक्ष्मीको दुई कार्यकाल सञ्चालक समितिमा बसेकी थिइन्। भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।