Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले दिएको जाहेरीका आधारमा शिक्षक टिकाप्रसाद सुवेदीलाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए । उनले भने, बाल यौनदुर्व्यवहारबारे छानबिन गर्न म्याद लिएर अनुसन्धान गरिरहेका छौं । प्रहरीका अनुसार, पीडितकी आमाले गएको चैत महिनामा कक्षा १० मा अध्ययनरत् आफ्नी छोरीलाई उनले दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । टिफिनको समयमा आफू एक्लै स्टाफ रुममा भएका बेला उनले छोरीलाई बोलाएर जबरजस्ती करणी गर्ने मनसायले उनले छोरीको संवेदनशील अंगमा छुने जस्ता गतिविधि गरेका थिए, जाहेरीमा भनिएको छ, उनले कक्षाका अरु विद्यार्थीहरुलाई समेत बाल यौन दुरुपयोग गरेको भनेकी बताएकी छन् । जाहेरीसँगै अन्य विद्यार्थीहरुले समेत दुर्व्यवहारमा परेको भन्दै उल्लेख गरेको म्यासेजको स्क्रिनसट समेत प्रहरीलाई दिइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल