Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काश्मीरमा भारतको आक्रमण

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ । पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ । भारतीय सेनाले भने पाकिस्तानी आक्रमणबाट कश्मिरमा ३ भारतीयको ज्यान गएको जनाएको छ । यस्तै, भारत अधिनस्थ कश्मिरका सबै विद्यालय र कलेज बन्द गरिएका छन् । भारतले आक्रमण गरेपछि पाकिस्तानी सञ्चारमाध्यम र पाकिस्तानी सरकारबाट तीन फरक–फरक प्रतिक्रिया सार्वजनिक भएका छन् । पहिलो– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले जियो टिभीसँगको कुराकानीमा भारतले उसकै सीमाबाट आक्रमण गरेको बताए । भारतले आफ्नो हवाई सीमाबाट पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ, जुन सिधै नागरिक क्षेत्रहरूमा खसेका छन्, उनले भने । दोस्रो– आक्रमणका क्रममा पाकिस्तानी सेनाले ५ वटा भारतीय लडाकु विमानहरू खसालेका पाकिस्तानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । मस्जिदहरूलाई पनि निशाना बनाइएको समाचारमा दाबी गरिएको छ । पाकिस्तानले एलओसी नजिकैका भारतीय चेकपोस्टहरू ध्वस्त पारेको समाचारमा जनाइएको छ । तेस्रो– भारतको हवाई आक्रमणपछि पाकिस्तानले स्थान र मृतकको सङ्ख्याबारे विभिन्न दाबीहरू गरेको छ । सुरूमा राति २ बजे पाँच ठाउँमा आक्रमण भएको थियो, जहाँ ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । त्यसको तीन घण्टापछि बिहान ५ बजे इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआरका निर्देशक अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमणमा ८ जना नागरिक मारिएको बताए । उनले ३५ जना घाइते भएको पनि जनाएका छन् । उनका अनुसार भारतले ६ फरक–फरक स्थानहरूमा २४ वटा मिसाइल प्रहार गरेको छ । पीओके र पाकिस्तानका बस्तीहरूलाई लक्षित गरिएको उनको दाबी थियो ।


सम्बन्धित समाचार