Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाकिस्तानको निशाना भारतका प्रमुख सैन्य प्रतिष्ठान

एजेन्सी । पाकिस्तानले अपरेसन बुन्यान–अन–मार्सुसअन्तर्गत भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई लक्ष्य गरी कारबाही थालिएको बताएको छ। पाकिस्तानी सरकारले जारी गरेको विज्ञप्तिअनुसार, जवाफी अपरेसन बुन्यान–अन–मार्सुसको एक भागका रूपमा ‘उपयुक्त जवाफ’का लागि भारतका प्रमुख सैन्य प्रतिष्ठानलाई निशाना बनाइएको हो। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो कारबाही भारतको सुरुवाती हमलाको जवाफमा गरिरहेका छौँ, जुन हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथिको आक्रमण थियो।’ विज्ञप्तिमा शुक्रबार राति भारतले पाकिस्तानका तीन वायुसेना हवाई अड्डामा क्षेप्यास्त्र आक्रमणलाई गरिएको उल्लेख छ। यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ कारबाही चलाइरहेको थियो। त्यसयता दुई देशबीच गोलाबारी भइरहेको खबर आइरहेका थिए। तर पाकिस्तानले आफूले आक्रमण गरेको कुरा अहिलेसम्म स्वीकार गरेको थिएन। आज भने पाकिस्तानले भारतविरुद्ध जवाफी हमला सुरु गरेको बताएको हो।