Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानले गुरुद्वारामा आक्रमण गरेको दाबी गर्दै यस घटनालाई धार्मिक कोणमा मोड्ने षड्यन्त्र भइरहेको आरोप लगाए। पाकिस्तानले धार्मिक स्थलमा हमला नगरेको दाबी गरिरहँदा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मिस्रीले भने ‘गुरुद्वारा आक्रमणमा केही सिख धर्मावलम्बीको मृत्यु भएको छ, जुन निकै दुःखद छ। तर पाकिस्तान यो जिम्मेवारी लिनुको सट्टा उल्टै भारतमाथि आरोप लगाउँदैछ।’ पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्री, कर्नल सोफिया कुरैशी, र विङ्ग कमाण्डर व्योमिका सिंह उपस्थित थिए। विदेश सचिव मिश्रीले पाकिस्तानले ननकाना साहिबमा भारतले ड्रोन हमला गरेको भनेर गलत प्रचार गरिरहेको दाबी गरे। ‘पाकिस्तान यो विषयलाई धार्मिक रंग दिन खोजिरहेको छ,’ उनले थपे। मिस्रीले पाकिस्तानलाई आफ्ना कर्तुत नस्वीकार्ने र अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गर्ने राष्ट्रको रूपमा चित्रित गरे। पत्रकार सम्मेलनमा ८ र ९ मेको मध्यरातमा पाकिस्तानले भारतीय सैन्य संरचनालाई लक्षित गर्दै गराएको आक्रमणबारे विस्तृत विवरण सार्वजनिक गरियो। कर्नल कुरैशीका अनुसार अन्तर्राष्ट्रिय सीमामा पाकिस्तानतर्फबाट ३६ ठाउँमा घुसपैठको प्रयास गरियो र करिब ३००–४०० ड्रोन प्रयोग गरिएको थियो। भारतीय पक्षले समयमै प्रतिक्रिया जनाउँदै अधिकांश ड्रोनहरू नष्ट गरिसकेको उनको दाबी छ। ७ मे राति ८ः३० बजे पाकिस्तानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भारतको आरोप छ। सरकारले यसअघि पनि ७ र ८ मेमा ‘अपरेशन सिन्दूर’ सम्बन्धी जानकारी सार्वजनिक गरेको थियो।
२०८२ बैशाख २७
ताजा नेपाल
२०८२ बैशाख २७
ताजा नेपाल
२०८२ बैशाख २७
ताजा नेपाल