Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ। जनसेवाका डिएसपी कृष्ण चन्दका अनुसार ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो। आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी छ। आगलागी दयारामको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि सल्किएको थियो।


सम्बन्धित समाचार