Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागढुंगाको सडकमै कुटाई खाने सहायक हवल्दार

काठमाडौं । काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन् । सडकमै ड्युटीका बेला साहले प्रहरी सहायक हवल्दारलाई झापट हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगा प्रमुख हुन भने खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् । सहायक हवल्दार खड्काले भारतीय ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटपिट गर्नुपरेको जानकारी उनले माथिल्लो नियकामा गराएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’बारे विवाद हुँदा साहले सहायक हवल्दार खड्कालाई कुटेको खुलेको छ । नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई चेकजाँचबारे विवाद हुँदा कुटपिट भएको हो । भारतीय नम्बर प्लेटका गाडीलाई जाँचका क्रममा त्यस क्षेत्रमा यसअघि पनि ट्राफिक प्रहरी र सुरक्षा जाँचमा तैनाथ प्रहरीबीच तनाव हुने गरेको खुलेको छ । ट्राफिक जामका बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले खड्कालाई कुटेका बताइएको छ । यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपील बोहराले घटनाबारे प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई छानबिन गर्न भनेको बताए ।


सम्बन्धित समाचार