Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँगको सम्झौता तोडेका छन्। बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्। धेरै सोच विचारपछि मैले यसपटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यावसायिक रुपमा अगाडि बढ्ने दिशामा एउटा कदम हो, सन्दीपले लेखेका छन्। उनले आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन्। नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्त्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्। जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरूले भरिएको यात्रा हो। अझै धेरै कुराहरू सिक्न बाँकी छ। धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ। म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु, सन्दीपले लेखेका छन्, कहिलेकाहीँ छनोटहरू उद्देश्य र विकासको ठाउँबाट गरिन्छ। नयाँ ऊर्जा र खुला हृदयका साथ आफ्नो यात्रा जारी रहेको भन्दै सन्दीपले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघले पछिल्लो समय स्कटल्यान्डमा हुने लिग २ का लागि टोली घोषणा गर्दा लामिछाने पनि परेका छन्। यस्तै क्यानको केन्द्रीय सम्झौतामा पनि सन्दीपसहित ५ खेलाडीलाई ए ग्रेडमा राखिएको छ। उक्त वर्गीकरणअघि पनि सन्दीप क्यानको सम्झौतामा थिएनन्। क्यानको सम्झौतामा नरहने खेलाडीहरू राष्ट्रिय टोलीबाट पनि खेल्न सक्छन्। यसअघि घरेलु लिगमै खराब व्यवहारका कारण सन्दीपलाई क्यानले कारबाही गरेको थियो। त्यसपछि पनि यस्तै विचलित देखिएका सन्दीप अन्तर्राष्ट्रिय खेलका लागि जानुअघि असन्तुष्ट देखिएका हुन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल