Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार अपराधी लकडाउनमा समातिए

बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका(१२ बस्ने ४२ वर्षीय बलिराम थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७२ माघ १३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकी हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका(१२ मा लुकिछिपी बसेको अवस्थामा चैत १९ गते पक्राउ गरेको हो । बलिराम समेतका व्यक्तिहरुले २०६७ जेठ १४ गते राति बर्दिया साबिक महम्मदपुर गाउँ विकास समिति(८ भैसाही बस्ने ३० वर्षीय लोटेलाल थारुलाई गोली प्रहार गरी हत्या गरी फरार रहेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार