Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविको निवेदनमाथि आज सुनुवाइ हुँदै

८ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदन आज बिहीबार पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ थालेको थियो । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन ।

न्यायाधीशहरू डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ ।

आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।