Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्री लेखकलाई शेखरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका हुन्। रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त, उनले भने, उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लागिरहेको बेलामा कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन्। फरक प्रसङ्गमा उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनीतिक दलहरूले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे। कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गराउन सक्नुपर्ने उनको भनाइ थियो।