Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् । ‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए । गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए । महामन्त्री थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’ उनले नेपालमा केही भएको छैन भन्ने भाष्यको खण्डन गरे । उनले विकृत राजनीतिक गठबन्धनको संस्कृतिबाट पनि मुक्त हुनुपर्नेमा जोड दिए ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल