Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका देशहरू सम्मिलित ब्रिक्स समूहले इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। समूहले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी जुन १३ देखि इरान विरुद्ध भइरहेको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौं। यो आक्रमण अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन हो।’ ब्रिक्सले सबै पक्षहरूलाई शान्तिपूर्ण माध्यमबाट मतभेद समाधान गर्न संवाद र कूटनीति जारी राख्न पनि आह्वान गरेको छ। ब्रिक्सको यो बयान हालै भारतले सांघाई सहयोग संगठनको इरानमाथिको आक्रमणका लागि इजरायलको आलोचना गर्ने बयानबाट आफूलाई अलग राखेको सन्दर्भमा आएको हो। यद्यपि, भारतले ब्रिक्सको यस भनाइबाट आफूलाई टाढा राखेको छैन। समूहले शान्तिपूर्ण आणविक प्रतिष्ठानहरू विरुद्ध हुने कुनै पनि आक्रमणप्रति पनि ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ। ब्रिक्सले यस्ता आक्रमणहरू अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका सान्दर्भिक प्रस्तावहरूको उल्लङ्घन हुने बताएको छ। अमेरिका र इजरायलले इरानको आणविक स्थलहरूमा आक्रमण गरेको सन्दर्भमा ब्रिक्सको यो भनाइ आएको हो। ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर मूलतः ब्रिक्स समूह बनेको थियो। समूह विस्तार भएपछि अब यसमा साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स ९युएई० र इन्डोनेसिया पनि सदस्यका रूपमा सामेल भएका छन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल