Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ८७५ जना नयाँ संक्रमित फेला परेका छन् भने २२ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पाकिस्तानमा कोरोना भाइरसबाट ६६ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ९५ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा २०६ जना नयाँ संक्रमित फेला परेका छन् ।
सार्क राष्ट्रममा कोरोना भाइरसको तेस्रो प्रभावित मुलुक बंगलादेशमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ९४ जना संक्रमित फेला परेसँगै ४२४ जनामा संक्रमण देखिएको छ । यस्तै अफगानीस्तानमा १५ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । अफगानिस्तानमा ५२१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
श्रीलंकामा कोरोना भाइरसले ७ जना मानिसको ज्यान गएको छ । श्रीलंकामा हालसम्म १ सय ९७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ५४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । सार्क राष्ट्रमध्ये सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा पनि कोरोनाका संक्रमण देखिएको छ । माल्दिभ्समा १९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये १३ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।
नेपालमा शनिबार विहानसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य ८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सार्क राष्ट्र मध्येको भुटानमा कोरोनाको प्रभाव सामान्य देखिएको छ । भुटानमा शनिबार बिहानसम्म ५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये दुई जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको उपचार जारी छ।


सम्बन्धित समाचार