Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनको स्वास्थ्य परीक्षणहरू जारी छ। मन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ, तर चिकित्सकहरूको निगरानीमा राखिएको छ। उनी यसअघि पनि बिरामी परेका थिए। केही दिन घरमा आराम गरेर निको भएपछि उनी नियमित काममा हिँडेका थिए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल