Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आलमलाई सफाइ दिने फैसलाको विपक्षमा पुनरावेदन जाने महान्यायाधिवक्ता कार्यालयको तयारी

काठमाडौं । राजपुर बम काण्डका मुख्य आरोपी कांग्रेस नेता महम्मद अफताब आलम सहितको चार जनालाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वाच्च अदालतमा पुनरावेदनको तयारी गरेको छ। गत जेठ १४ मा जनकपुर उच्च अदालतको वीरगंन्ज अस्थायी इजलासले गरेको निर्णय विरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले उकेरालाई जानकारी दिए। हामीले उच्च अदालतबाट फाइल पठाउनु भनेका छौँ। फाइल आएपछि सकेसम्म अर्का हप्ता भित्रमा पुनरावेदन गर्ने तयारीमा छौँ, उनले भने। राजपुर बम काण्डमा आलम सहित उनका भाइ महम्मद महताब आलम, शेख सराज, बन्द्रि सहनी सहितलाई सफाइ दिएको थियो। उच्च अदालत वीरगंन्जका न्यायाधीशद्वय डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनको जेठ १४ को इजलासले राजपुर बम काण्ड नै नभएको भन्दै आलम सहितलाई कारागार मुक्त गर्ने निर्णय गरेका थिए। २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरहदवामा रहेको आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउनेक्रममा बम पड्किँदा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएका थिए। उनीहरूलाई आलमको निर्देशनमा राजा इट्टा भट्टामा जिउँदै जलाएको भन्दै रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल