Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोप्रति चीनको आपत्ति

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार भनेका छन्, तिब्बतसँग सम्बन्धित मुद्दामा चीन सरकारको अडान दृढ र स्पष्ट छ। १४औँ दलाई लामा राजनीतिक रूपमा निर्वासित व्यक्ति हुन्, जो लामो समयदेखि चीनविरुद्ध गतिविधिमा संलग्न छन्, जो धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन्। माओ निङले भारतले तिब्बतसँग सम्बन्धित मुद्दाको संवेदनशीलतामा सचेत हुनुपनर्ने बताउँदै १४औँ दलाई लामाको चीनविरोधी र पृथकतावादी प्रकृति स्पष्ट रूपमा देख्नुपर्ने उल्लेख गरेका छन्। माओ निङले अगाडि भनेका छन्, भारतले तिब्बतसँग सम्बन्धित मुद्दामा चीनसँग गरेका प्रतिबद्धताको सम्मान गर्नुपर्छ र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न यी मुद्दाको प्रयोग बन्द गर्नुपर्छ। भारतका प्रधानमन्त्री मोदीले जुलाई ६ मा १४औँ दलाई लामालाई उनको ९०औँ जन्मदिनको शुभकामना दिएका थिए। केन्द्रीय मन्त्री किरेन रिजिजुसहित धेरै नेताले धर्मशालामा उनको जन्मदिन समारोहमा भाग पनि लिएका थिए।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल