Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव र झलनाथपछिको वरीयता वामदेव

काठमाडौं । एमालेतिर छिर्ने लोभमा नेकपा एकीकृत समाजवादीलाई धोका दिएका वामदेव गौतम अन्ततः तेस्रो वरिष्ठ नेता बन्न सहमत भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित हुँदै छन् । दुई पार्टीबीच साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भइसकेको छ । सहमति पत्रमा अध्यक्ष नेपाल र नेता गौतमले हस्ताक्षर गरेका छन् । एमालेले बेवास्ता गरेपछि गौतम नेकपा एसमै जान तयार भएका हुन् । यसअघि पनि यो सहमति भइसकेपनि भाँडिएको थियो । गौतम नेकपा एसमा प्रवेश गरेपछि कुन जिम्मेवारी लिएर जाँदैछन् चासोको विषय छ । दुई नेताहरुबीच सहमतिपछि हामीले नेकपा एसका उपाध्यक्ष गङ्गालाल तुलाधरलाई सोध्यौँ । उनले भने, अहिले पार्टी एकता गरिहालौँ भनेर २ गतेको लागि समय तोकेका छौँ । बाँकी सङ्गठनात्मक विषयमा छलफल छलफल गर्दै जाने सहमति भएको छ । एकतापछि पनि जिम्मेवारी लगायतको विषयमा छलफल हुन्छ । उनले गौतमतर्फबाट आएको नेताहरूलाई पनि उचित जिम्मेवारी दिने बताए । गौतमलाई तेस्रो वरीयता दिएर पार्टीमा भित्र्याउने सहमति भएको अर्का एक नेताले बताए । उनले भने, हामीले उहाँलाई अध्यक्ष र सम्मानित नेतापछि तेस्रो वरियता दिने सहमति भएको छ । यो पत्रमा नखुलाइएको मात्रै हो । उहाँलाई वरिष्ठ नेता पद दिन्छ । अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरीयताको हिसाबमा गौतम हुने ती नेताले बताए । नेकपा एसका वेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेत वरिष्ठ नेता छन् । गौतमपछि चौथो वरीयतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहनेछन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल