Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुरुहरुले फेरि दिए सरकारलाई कडा चेतावनी

काठमाडौं । सधैं सहमतिका नाममा थाङ्नामा सुताउने गरेपछि नेपालभरका शिक्षकहरु एकजुट भएर एउटै मोर्चामा होमिएका छन् । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पूरा नभए कडा आन्दोलनको चेतावनी महासंघले दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक– कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुने बताउँदै साउन २१ गतेसम्मको लागि अल्टिमेटम दिएको उल्लेख गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरी कम्तीमा २०८२ साउन २१ गते अघि पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं, विज्ञप्तिमा भनिएको छ । उक्त अवधिमा विधेयक पारित भइ अघि नबढेमा वा सहमतिविपरीत भएमा विगतभन्दा कडा आन्दोलनमा जाने विज्ञप्तिमा चेतावनी दिइएको छ । यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भई अघि नबढेमा वा नेपाल शिक्षक महासङ्घसँग भएका सहमती विपरित प्रबन्ध गरी अघि बढेमा ने।शि। महासङ्घ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोष गर्दछ । आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिनेछ, विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार विधेयक पारित नभए आरम्भ हुने आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने समेत महासंघले भनेको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल