Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने भएका हुन् । यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको जवाफ दिनेछन् । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । प्रधानमन्त्रीको विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल