Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिनेगरी कानुन निर्माणको गृहकार्य भइरहेको दाबी झूटो भएको दाबी गरे। बुधवार प्रतिनिधिसभाको बैठकमा उनले जवाफ दिँदै बहुविवाह मुलुकी अपराध संहिताले वर्जित गरेको र त्यसलाई वैधता दिने सरकारले तयारी गरेको दाबी झूटो भएको दाबी गरे। उनले संसद्मा समाजलाई नकारात्मक असर पार्ने र सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक सदनमा पेस नहुने बताए। नेपाल सरकार मन्त्रिपरिषद्को विधायन समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको र यस विषयमा माननीय सांसदज्युहरुले चासो व्यक्त गरी सम्मानित सभामा उठाउनुभएका विषयहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ, उनले बैठकमा भने। उनले मुलुकी अपराध संहिताका विद्यमान केही प्रावधानहरू संशोधन गर्ने तयारी भएको र अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने आममाफी लगायतबारे संशोधन प्रस्ताव आएको जानकारी दिए।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल