Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । १३ औं केसको रुपमा कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो भने रौतहटका युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित आफ्नो घर आइपुगेकी थिइन् । पछिल्लो पटक कैलाली र रौतहटमा थप २ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको हो । जसमध्येका १ जना उपचारपछि निको भइसकेका छन् । बाँकी संक्रमितमध्ये ५ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ३ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङको धौलागिरी अस्पताल तथा २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार