Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित तीन जना पक्राउ

नवलपरासी । देबचुली नगरपालिका – ७ दलदले-मुण्डे सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो २५० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा।९४ प ७६६८ नम्वरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय हाकु बिक सहित २ जनालाई लागूऔषध गाँजा २ सय ५० ग्राम सहित फेला पारी पक्राउ गरेको थियो । साथै सोधपुछ तथा थप अनुसन्धान गर्ने क्रममा उनीहरुले उक्त गाँजा सोही नगरपालिका-९ बस्ने ५५ वर्षीय दिल बहादुर सारुको घरबाट ल्याएको बताएपश्चात प्रहरीले दिल बहादुरको घर तलासी गर्दा थप ७ केजी गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार