Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । व्यस्त गायिका गायिका एलिना चौहान अमेरिका उडेकी छन् । ‘अब गाउँछ अमेरिका’ कार्यक्रमको लागि उनले विभिन्न अमेरिकी सहरमा प्रस्तुति दिने तयारी छ । यो कार्यक्रमको लागि गायक बदी पँगेनी र प्रताप दास, गायिका कला लम्साल पनि त्यता जाने तयारीमा छन् । अमेरिका प्रस्थान गर्दैगर्दाको एयरपोर्ट फोटो सार्वजनिक गर्दै एलिनाले यो यात्रालाई आफूले केवल यात्रा नभएर, सपना पुरा गर्ने अवसरको रुपमा लिएको बताएकी छन् । केही महिनाको बसाइको लागि अमेरिका उडेकी एलिना फोटोमा खुसी देखिएकी छन् । उनको क्याप्सन छ, केही महिनाका लागि साङ्गीतिक कार्यक्रम अन्तर्गत अमेरिका जाँदै छु । यो यात्रालाई म केवल यात्रा हैन, सपना पुरा गर्ने अवसरको रूपमा लिएको छु । तपाईंहरूको सदैवको माया, साथ र प्रेरणाले यहाँसम्म ल्याएको हो । अब संगीतको आवाज अमेरिकामा गुन्जिनेछ । धेरै नै उत्साहित छु नयाँ अनुभवहरू, प्रस्तुतीहरू र सम्झनाहरूका लागि, सधैंजस्तो साथ दिनुहोल । यसअघि उनले अमेरिकी दूतावासले भिसा दिएको जानकारी पनि सामाजिक संजालमार्फत दिएकी थिइन् । हालैको एक अन्तवार्तामा उनले अमेरिका जाने आफ्नो सपना रहेको बताएकी थिइन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल