Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

र्‍यापिड टेष्टमा देखियो गोरखाका युवामा कोरोना पोजिटिभ

गोरखा । आरडीटी किटबाट गरिएको परीक्षणमा गोरखामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए ।
उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो । किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र उनीबिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै विदेशबाट आएका अर्का व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।


सम्बन्धित समाचार