Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इजरायली आक्रमणमा प्रधानमन्त्रीकै मृत्यु

काठमाडौं । राजधानी सानामा इजरायली हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु भएको यमनी समूहले पुष्टि गरेको छ । आक्रमणमा प्रधानमन्त्री मारिएपछि एक हुथी अधिकारीले इजरायल विरुद्ध ‘बदला’ लिने वाचा गरेका छन्। हुथी विद्रोहीहरूले शनिबार एक विज्ञप्तिमा भनेका छन्, सानामा भएको आक्रमणमा अहमद अलराहवी र अन्य मन्त्रीहरूसँगै मृत्यु भएको छ। इजरायली आक्रमणमा अन्य कति जना मन्त्रीहरू मारिए भन्ने कुरा हुथीहरूले खुलाएनन्। हुथीहरूको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल मशतले एक भिडियो वक्तव्यमा भनेका छन्, हामी ईश्वर, प्रिय यमनी जनता र शहीद र घाइतेका परिवारलाई प्रतिज्ञा गर्छौं कि हामी बदला लिनेछौं र घाउहरूलाई विजयमा परिणत गर्नेछौं। इजरायलीले समूह विरुद्ध गरेको अभियानमा मारिने इरान समर्थित हुथी विद्रोहीहरूमा अल राहवी सबैभन्दा वरिष्ठ व्यक्ति हुन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल