Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । सोमबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो। वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने प्रचलन छ। सोह्र श्राद्धका बेला पितृहरूले आफ्ना सन्तानबाट तर्पण र पिण्डको अपेक्षा गर्छन् भन्ने शास्त्रीय मान्यता छ। यसरी श्राद्ध गर्दा पितृहरूप्रतिको दायित्व पूरा हुन्छ र पितृऋणबाट पनि मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। यदि कुनै कारणवश सोह्र श्राद्ध निर्धारित समयमा गर्न नसकिएमा, कार्तिक कृष्ण औँसी (लक्ष्मी पूजाको दिन) वा त्यसपछि वृश्चिक सङ्क्रान्ति (मङ्सिर) सम्म पनि गर्न सकिने कुरा धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ। ठुला पर्वहरू मनाउनुअघि पितृहरूको तृप्तिको लागि श्राद्ध गर्ने परम्परा रहेको छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल