Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जहाँ टेक्छ त्यहाँ प्वाल

काठमाडौं । नेकपाको सरकारले जहाँ टेक्यो त्यहाँ प्वाल परेको छ । सरकारका नाइके केपी ओलीका विश्वस्त सूत्राधार उपप्रम ईश्वर पोखरेलको हालतसमेत जता दाम उतै काम हो कि भन्नेछ । पोखरेल नेकापको एकता प्रक्रियालाई विधिसंवत ढंगले अगाडि बढाउनुपर्छ भन्ने धुरन्धर विद्वान र केपी ओलीको उत्तराधिकारी हुन् । यिनले नेकपाको एकता रुचाएका छैनन् । त्यही कारण खुइलिएको जबजको व्याख्या गर्दै संखुवासभाको चीलमार्फत् आफ्नो एजेण्डा प्रचारमा ल्याएका छन् । उनले आफूबाहेक अरु देख्दैनन् भन्ने कुरा हेल्पिङ ह्याण्ड सामुदायिक अस्पतालका डा. गुप्तबहादुर श्रेष्ठ साक्षी छन् । सरकारको प्रमपछिको पार्टीका कमाण्डर हुन् र्ईश्वर । यिनको उपप्रमको नाताले सरकारले संसदमा पेश गर्ने विधेयक अध्ययन गर्न सक्छन् । तर पोखरेललाई पैसा चाहिएको छ । प्रचार चाहिएको छ । उनी आफैंले भनेर टेलिभिजन च्यानलहरूमा उपस्थित भएका छन् । तर पनि घुर्की र धम्की यिनैको छ । माओवादीले साथ नदिएकै कारण दुई पटक काठमाडौं क्षेत्र नं. ५ बाट हारेका ईश्वरले पार्टीमा मेल मिलापको काम गरेनन् । उनको ध्यान केपी ओलीको उत्तराधिकारी बन्ने त छँदैछ । तर त्यसको सम्भावना छैन । किनकि प्रम केपीले समेत ईश्वरप्रति अविश्वास जनाएका छन् । सरकार जहाँ टेक्छ त्यहाँ प्वाल छ । ईश्वर जस्ता विज्ञले नत भूमिसम्बन्धी गुठी विधेयक हेरे, नत मिडिया काउन्सिल विधेयक पढ्न समय निकाले । सरकार अहंकारमा केन्द्रीत छ । प्रधानमन्त्री केपी ओलीका दलालहरूलाई आफू कमाउन नीतिगत भ्रष्टाचार जहाँ हुन्छ त्यहाँ देश सुध्रिदैन । त्यही कारण अख्तियारले काँग्रेसका गोविन्दराज जोशीको फाइल पोलेको हो । केपी ओलीको टीम भष्मासुर हो । त्यसको विरुद्ध बोल्ने माधव नेपाल, झलनाथ खनालको मुखबुजो लगाउने गरी भूमाफिया संरक्षक ईश्वरमार्फत् बेलाबखत जनताको बहुदलीय जनवाद जुर्मुराउने गर्छ । जबकी यी ईश्वरलाई नत जबजको महत्व छ नत २१औं शताब्दीको जनवादको अर्थ हुन्छ । कम्युनिष्ट पार्टीको सरकारले जनताको समस्या नबुझेजस्तै ईश्वरको ध्यान जनताको पीडामा छैन । उनी स्वार्थका लागि जहाँ पनि जस्तो अवस्थामा पनि सहभागी हुने पात्र हुन् । केपी ओलीले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदा महासचिव ईश्वर पोखरेलमार्फत् पार्टीमा एकलव्य भाँड सिद्धान्त लागू गरे । त्यहाँ माधव नेपालको विरुद्ध एमाले खडा गरेको वामदेव, ईश्वर ब्राण्ड थियो । ईश्वर पाएपछि वामदेव गौतम नाम गरेका जमदारले हुँकार गर्ने नै भए । तर वामदेवलाई चुनावमा हराउने ईश्वरनै भए । त्यो बेला ईश्वर नै एमालेको महासचिव थिए । माओवादीको साथ थिएन भने ईश्वर चुनावमा हार्थे । अब उनको लागि ठाउँ छैन । ईश्वरको दलाली गर्नेहरूले आफ्नै धरातल बचाउन आफूले सक्छन् सक्दैनन थाहा छैन तर सरकारमा प्रधानमन्त्रीपछिको वरिष्ठ उपप्रमको तागत कति हुन्छ ? देशको आवश्यकताअनुसारको पार्टी एकता सफल पार्ने ? ईश्वर पार्टीको सचिवालय सदस्यका नाताले समानधारका पार्टीबीचको एकताका बेला विष्णु पौडेल, जनार्दन शर्मा र अध्यक्षद्वयले गरेका ५ बुँदे सम्झौत सत्ताका अहंकारी देशका घातक केपी ओलीलाई उल्लंघन गर्न लगाउने ? लिखित सम्झौता कार्यान्वयन हुँदैन भने त्यहाँ ईश्वर पोखरेल जस्ता झुसिलकिराहरूको हात रहन्छ । उनी उपप्रम छन्, त्यो पनि सेनाको । नेपालको सेना भनेको जनताको लागि मित्र होइन । सेनाले स्वास्थ्य शिविर चलाउँछ । जनता ओइरिन्छन् तर हिजो गरेका अपराधको उसले प्रायश्चित गरेको छैन । नेकपाको सरकारका उपप्रमले त्यो अपराध अबका दिनमा मेरो सेनाले गर्दैन र गर्न हुन्न भनेका छन् ? ईश्वरको जबज उनलाई मनमोहनको भाषण भारतीय दूतावासमा बुझाएर गजेडी पुत्र सुधारको फल भारतले दिलाई सकेको छ । लुट्नका लागि जबज हो जनताका लागि एनजीओ र आईएनजीओहरूको सेपमा संघीयता, गणतन्त्र, समावेशीताले फस्टाउने मौका पाउँदैन । अहिले नेकपा एमालेले जसरी जनता ठग्दैछ । अबका दिनमा एमालेका लागि त्यो गलपासो बन्छ । ईश्वर पोरखेल जस्ता नेताले कार्यकर्ताको साथ पाउने स्थिति रहँदैन । खातेपितेले खेत जोत्दैन । जनता सर्वोपरी हो । केपीलाई जनता चाहिँदैन, ईश्वरलाई सरकारले ल्याएको विधेयक पढ्ने फुर्सद भएन । सरकारले जहाँ टेक्छ त्यहाँ प्वाल पर्छ किन ? ईश्वर पोखरेल जस्ता विद्वान उपप्रम भएपछि हुने यस्तै हो । जसले पैसाबाहेक संसारमा ठूलो केही देखेकै छैनन् । बरु तस्कर र माफिया साथी होलान्, चाकडी गर्नेले केही गर्दैन भोलि चुनावमा पछारिएपछि पछुताउने हो ।


सम्बन्धित समाचार