Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौँ। चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको बताए । उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग काम गर्न तयार छौँ।’


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल