Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पास लिएर मापसेमा सवारी ?

काठमाडौं । अत्यावश्यक सेवालाई उपलब्ध गराइएको पास लिई कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज गरिएको छ । लकडाउनका समयममा अत्यावस्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग भएको हो । पछिल्लो समय पासको दुरु पयोग बढेका कारण जाँचमा कडाइ गरिएको छ । पासको दुरुपयोग गर्दै कतिपयले मदिरा सेवन गरि सवारी चलाएकोसमेत पाइएको छ । पासलाई गलत रुपमा प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल गर्ने र पासलाई सानको रुपमा प्रयोग गर्नेको संख्या बढेसँगै कारवाहीलाई कडाइ गरिएको बताइन्छ । पासको दुरुपयोग गर्दै सावरी चलाउनेको संख्या बढिरहँदा ट्राफिक प्रहरीले मापसे जाँचलाई पनि निरन्तरता दिएको थियो । नयाँ वर्षको अघिल्लो दिन राति पास भएका चालकले मापसे गरेको फेला परेको उनले बताए । त्यसक्रमा पास भएका पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए । उनीहरुको पास खोसिएको र अनावश्यक रुपमा हिँडडुल गर्नेहरुको पाससमेत जफत गरिएको उनको भनाइ छ । पासको दुरुपयोग भएको भन्दै एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ ।


सम्बन्धित समाचार