Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन गएका दुईवटा वाइडबडी जहाजमध्ये एउटा शुक्रबार बिहान ७ बजेतिर र अर्को सवा ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । ती जहाजमा कोरोना भाइरसको आशंका गरिएका र संक्रमण पुष्टि भएकाहरुको परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री छन् । निजी क्षेत्रले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् ।


सम्बन्धित समाचार