Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा एमडी–एमएस अध्ययनरत आवासीय चिकित्सकहरुलाई सुदूरपश्चिममा खटाएको हो । उनीहरु शुक्रबार नै यति एयरलाइन्सको चार्टर्ड जहाजमार्फत धनगढी पुगिसकेका छन् । खटाइएका ३४ जनामध्ये १३ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा, ४ जना कञ्चनपुरस्थित महाकाल् अस्पतालमा परिचालन गरिने छ । बाँकी चिकित्सकहरुलाई ७ पहाडी जिल डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला तथा कैलालीको टीकापुरमा परिचालन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पाँचै जना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार