Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा एमडी–एमएस अध्ययनरत आवासीय चिकित्सकहरुलाई सुदूरपश्चिममा खटाएको हो । उनीहरु शुक्रबार नै यति एयरलाइन्सको चार्टर्ड जहाजमार्फत धनगढी पुगिसकेका छन् । खटाइएका ३४ जनामध्ये १३ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा, ४ जना कञ्चनपुरस्थित महाकाल् अस्पतालमा परिचालन गरिने छ । बाँकी चिकित्सकहरुलाई ७ पहाडी जिल डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला तथा कैलालीको टीकापुरमा परिचालन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पाँचै जना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल