Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन गरे ट्रम्पले यस्तो दावी

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन् । उनले शुक्रबार ट्वीट गर्दै अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी गरेका हुन् । ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् । चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका हुन् ।


सम्बन्धित समाचार