Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर(सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा नेपालका गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, कप्तान रोहित पौडेल १, दीपेन्द्रसिंह ऐरी २, कुशल मल्ल ७, आदिल आलम १६, नन्दन यादव ९ र गुल्सन झा १८ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा नदिम खानले सर्वाधिक ४ विकेट लिए । नेपालले अब अन्तिम खेल सोमाआसंग खेल्नेछ । नेपालले ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालसंग पराजित ओमन ६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल