Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मस्जिदमा भेटिएका १२ संक्रमित अस्पताल भर्ना

विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । शनिबार बिहान एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली कोरोना संक्रमितलाई प्रदेश नं १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको बताइएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल