Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाद भएपछि कार्यक्रम नसकी अमेरिकाबाट फर्किन् एलिना,विनोदले जाँड खाएर अश्लिन बोले

एलिना भन्छिन्– विनोद अधिकारीले जाँड खाएर मुख छाडे, अधिकारी भन्छन्– कार्यक्रम सफल भयो कार्यक्रम नसकी आफैं टिकट काटेर अमेरिकाबाट फर्किन् एलिना

काठमाडौं । फ्लाइ नेपा ट्राभल्सले आयोजना गरेको अब सुन्छ अमेरिका कार्यक्रम अन्तर्गत अमेरिका भ्रमणमा गएकी गायिका एलिना चौहान चरम असन्तुष्ट बनेर नेपाल फिरेकी छन् । अमेरिका टुरका लागि गएकी एलिनाको साढे दुई महिना लामो अमेरिका बसाई त्यति सुखद भएन ।

उनले भ्रमणका क्रममा आफू र सहकर्मी कलाकारमाथि नोकरजस्तो व्यवहार भएको बताएकी छन् । सामाजिक सञ्जालमा एलिनाले लेखेकी थिइन्, कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो । आफूलाई आयोजकले निकै टर्चर दिएको एलिनाले दुखेसो छ ।

उनले भनिन्, मलाई मात्रै होइन विनोद अधिकारीले धेरै कलाकारलाई टर्चर दिनुभएको रहेछ । खै किन हो उहाँहरु अन्य कलाकार बोल्नुभएन,म चाहिँ बोलेँ । कति धेरै कमेडियनहरुलाई पनि टर्चर दिनुभएको रहेछ ।

विनोद अधिकारी फ्लाइ नेपा ट्राभल्सका संचालक हुन् । अधिकारीले दिएको टर्चरकै कारण आफूले कार्यक्रम बीचमै छाडेर आएको एलिनाले बताइन् । धेरै नै मानसिक टर्चर दिएपछि बाँकी दुईवटा कार्यक्रम नगरी नेपाल फर्किएँ । आफैंले टिकट काटेर आएकी हुँ ।

कार्यक्रमहरुमा दर्शकबाट महँगो पैसा असुलेर अधिकारीले आफूहरुलाई २० प्रतिशत मात्रै दिने गरेको पनि एलिनाको आरोप छ । ८० प्रतिशत अधिकारीले खाने गरेको प्रमाण आफूले फेला पारेको उनले बताइन् ।

विनोद अधिकारीले जाँड खाएर बोल्ने, मुख छाड्ने गर्नुभयो । होटेलमा राख्छु भनेर लग्नुभएको थियो, तर साढे दुई महिनामा क–कसको घरमा राख्नुभयो, भात खुवाउनुभयो, मैले नै बिर्सिएँ । १५ दिन पनि होटेलमा राख्नुभएन, एलिनाले दुखेसो पोखिन्, मैले एउटा कलाकारको नाताले आफूले निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेँ । तर, उहाँ विनोद अधिकारी का कारणले म चार–पाँचपटक नै रोएकी छु । मलाई रुवाएको छ । मेरो नीजि जीवनमा घुसेर पनि यो यस्तै हो भनेर भन्नुभयो । मलाई त्यो मन परेन ।

आफू नेपाली भाषी रहेका धेरै मुलुकमा पुगेको, तर अधिकारीको जस्तो तुच्छ र घटिया व्यवहारको सामना गर्नु नपरेको एलिनाले बताइन् । अधिकारीविरुद्ध अमेरिकामै कानुनी उपचारमा जानेबारे सोचे पनि समय लाग्ने भएकाले नेपाल फर्किएको उनको भनाइ छ । अधिकारीले अमेरिकामा ब्लक गर्दिन्छु भनेर धम्की समेत दिएको पनि एलिनाले बताइन् ।

एलिनासँगै अमेरिका पुगेकी गायिका कला लम्साल पनि बीचमै फर्किएकी थिइन् । आफू विरामी भएपछि उपचार गराउनुपर्ने ठाउँमा आयोजकले सामान्य मानवीय प्रवृत्ति समेत नदेखाएको भन्दै लम्सालले विरोध जनाएकी छिन् । एक अन्तरवार्तामा उनले एलिना र प्रताप दासले पनि आफूलाई अप्ठेरोमा साथ नदेखेको गुनासो गरेकी छन् ।

फ्लाइ नेपा ट्राभल्सका संयोजक तथा परिकल्पनाकार अधिकारीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले विज्ञाप्तिमा लेखेका छन्, कलाकारसँग गरेको शर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु । साथै आगामी दिनमा पनि नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने पनि बताएका छन् ।