Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहारमा पनि नेपालको जस्तै परिवर्तन चाहिएको छ ।

अनुज कुमार सीतामढीको कोचिङ मन्डी भन्ने ठाउँको चियापसल बाहिर चुरोट पिउँदै थिए । यो ठाउँ ट्युसन सेन्टरहरूको केन्द्र हो र यसले वरपरका गाउँका विद्यार्थीहरूलाई सितामढी जस्तो सानो शहरमा तान्छ ।

तर, २८ वर्षका अनुज त्यहाँ पढ्न आएका थिएनन् । उनले त्यो दिन अदालत धाएर आफ्नो कागजपत्र मिलाउँदै बिताए । बिहार प्रहरीमा सब–इन्स्पेक्टरको जागिरका लागि निवेदन दिनका लागि उनले दौडधुप गरेका हुन् ।

अनुज कुमार नेपालको जनकपुरमा एउटा रासायनिक कम्पनीमा सेल्सम्यानका रूपमा काम गर्छन् । उनी छठ पर्व मनाउन आफ्नै गाउँ छोटकी भीठा फर्किएका थिए । छठ बिहारको सबैभन्दा ठूलो पर्व हो । तर, सरकारी जागिरको चाहनाले उनलाई बिदाको समयमा पनि व्यस्त बनाइरहेको थियो ।

निवेदन प्रक्रिया झन्झटिलो भएकोले उनी नेपालमा देखेको जेनरेशन–जेड क्रान्ति सम्झिँदै झसंग हुन्छन् । उनले भने, नेपाल र बिहारका युवाहरूको अवस्था उस्तै हो । त्यहाँका युवाहरू भ्रष्टाचारबाट थाकेका थिए, यहाँ पनि त्यही हो ।

तर, उनी र उनका साथीहरूले नोभेम्बर महिनामा हुने विधानसभा चुनावमा बिहारको बहालवाला सरकारलाई हटाउनका लागि भोट हाल्नेछन् त रु उनले टाउको हल्लाए । उनले भने, म भोट खसाउने दिन नोभेम्बर ११ सम्म गाउँमा बस्दिनँ । मतदान गरेर के फाइदा


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल