Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानको दलमा ५१ केन्द्रीय सदस्य

काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको नाम अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। ज्ञानेन्द्र तामाङको अध्यक्षतामा दर्ताका लागि निवेदन परेकोमा मंगलबार केन्द्रीय कार्यसमिति हेरफेरको निवेदन परेको हो।
५१ सदस्यीय केन्द्रीय कार्यसमिति अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव अनुपकुमार उपाध्याय रहेका छन्। हालको कार्यसमितिमा मन्त्री घिसिङको नाम छैन।
दलको चुनाव चिन्ह चिम बल्ब प्रस्ताव गरिएको केन्द्रीय सदस्य जितराम लामाले बताए। जितरामले हालै एमाले छाडेका थिए। गत स्थानीय निर्वाचनमा काभ्रेको चौरी देउराली गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार रहेका उनले उज्यालो अभियानका लागि भन्दै एमाले छाडेका थिए।
कार्यसमितिमा कलाकार रिमा विश्वकर्मादेखि नागरिक उन्मुक्तिबाट समानुपातिक उम्मेदवार रहेकी तुलसा वाइबा समेत छन्। दलमा पहिचानवादी नेता डा महेन्द्र लावती, प्रतिनिधि सभा सदस्यमा इलाम २ बाट चुनाव लडेका डकेन्द्रसिं थेगिमसमेत केन्द्रीय सदस्य छन्।
यसअघिका अध्यक्ष ज्ञानेन्द्र भने केन्द्रीय सदस्यमा अटाएका छन्। केन्द्रीय कमिटिको सनाखत बुधबारबाट गरिने अध्यक्ष उपाध्यायले बताए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल