Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनसँग किन भाग्दैछन् देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अन्य नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिएपनि महामन्त्री गगन थापासँग भने भेट गरेका छैनन् । कात्तिक २८ मा सिंगापुरबाट फर्किएका सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइराला, प्रवक्ता डा प्रकाशशरण महत लगायतलाई भेटेपनि महामन्त्री थापासँग भने अहिलेसम्म नभेटेका हुन् । संस्थापनइतर समूहका शीर्ष नेताहरुको छलफलमा महामन्त्री थापाले सभापतिसँग आफ्नो भेट नभएको जानकारी गराएका छन् । डा।शेखर कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा महामन्त्री थापाले सभापतिसँग भेट भइनसकेको बताएको सहभागि नेताले जानकारी दिए । छलफलमा नेता कोइरालाले सभापति देउवासँग आफ्नो भेट भएको जानकारी गराएका थिए । सभापति देउवा र महामन्त्रीबीच भेट भएको रहेनछ भन्ने थाहा भयो, कारण थाहा भएन, बालुवाटार बैठकमा सहभागि एक नेताले भने । सभापतिजीसँग मेरो भेट भयो । पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने पुसभित्र महाधिवेशन गराउनुस भनेको छु, बैठकमा शेखरले भने । सभापति देउवासँग आफूले पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउन वा विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय समिति तयार हुनुपर्ने धारणा राखेको कोइरालाले बताएका छन् । छलफलमा इतर पक्षले पुसभित्र नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार नभए विधान अनुसार विशेष महाधिवेशन हुने मुद्दामा एकमत रहने निर्णय गरेको छ । शेखरदाई र गगनजीसहित हामी सबैजना ५४ प्रतिशत महाधिवेशनको हस्ताक्षरको अवमूल्यन हुन नहुने पक्षमा छौं । पुसभित्र नियमित वा विशेष महाधिवेशन हुनुपर्छ भन्ने मत बलियो बनाउँदै लैजान सहमत छौं, बैठकमा सहभागि नेताले भने ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल