Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आशा गरिएका एउटा प्रशासक कुलमानको पार्टीमा देखिएका अनुहार राजनीतिज्ञ होइनन् । तर प्राविधिक सेवाका प्रशासनिक तहमा खारिएका पक्का छन् । अर्थात् कुलमान घिसिङको सक्रियताले वर्तमान सरकार धानिएको छ । अरु मन्त्रीको अर्थ छैन । कुलमान केपी ओली र दिपक खड्का जस्ता भष्मासुरहरूबाट सहयोग पाउने अवस्था भएन । आयोगले विद्युत प्रयोग गरेर महशुल नतिर्ने तत्कालिन प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगीकै पक्षधर भएर विद्युत प्राधिकरणलाई सहयोग गरेनन् । तर पनि कुलमानले आफू जोगिएर काम गर्दा गर्दै बर्खास्त गरियो ।
आज कुलमानले फोहोर बिसर्जन क्षेत्र बञ्चरे डाँडाका बासिन्दा हुन् कि मेलम्ची खानेपानी आयोजना क्षेत्रका जनताले उठाएको आवाज सम्बोधन गर्ने कुरामा कुनै कसर बाँकी राखेनन् । भौतिक पूर्वाधार मन्त्रालय हिजो पनि थियो, आज पनि छ । ऊर्जा मन्त्रालय विद्युत प्राधिकरण हिजो पनि थिए । तर कामको लय तिनले पक्रेका थिएनन् । कुलमानले विद्युत बक्यौता तिर्दिन भन्नेलाई पनि ठेगानमा ल्याए । केपी ओलीलाई पैसा खुवाएर विद्युत महशुल नतिर्ने साँढेहरूले झण्डै ८ अर्ब ६४ करोड प्राधिकरणलाई तिर्नै पथ्र्यो ।
प्रधानमन्त्रीलाई नै साथ लिएपछिको अवस्थामा आफ्ना उद्योगहरूले छलेको कर पनि जोगिन्छ भन्ने शहिल अग्रवालहरूलाई अब कष्ट छ । किनकि आचरण ठिक नभएको उद्योगी सधैं उस्तै हुन्छ र अडान लिन्छ भन्ने छैन । फोहोरबाट पीडितको माग पनि पूरा गरे, मेलम्चीमा उत्पन्न समस्या पानी महशुल, सडक स्तरोन्नतिका कुरा त्यहाँ सुनुवाईसँगै कामको शुरुवात भयो । फोहोर बोकेर ट्रक गुड्ने सडक र पूर्ववत सम्झौता कार्यान्वयनमा जानु पनि समयको माग थियो । तीन मन्त्रालयको काममा कुलमान व्यस्त छन् । प्रधानमन्त्रीको अधिनमा रहेको खानेपानी मन्त्रीको काम समेत कुलमानले गर्न सके भने अघिल्लो सरकारले आफैंले गरेका सम्झौता कार्यान्वयनमा ल्याउन चाहेको थिएन ।
राजनीतिका थेच्चरहरूले चलाएको १ वर्ष २ महिना २४ दिनको भ्रष्ट सरकारले हाँकेको त्यही संयन्त्र कुलमानले प्रयोग गरेका हुन् । अहिलेको अवस्थामा सरकारले काम देखाउने हो । त्यही कारण शिक्षा मन्त्री महावीर पुनले विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नु सट्टा काममा जोड गरे । पेशागत संघसंगठन र मोर्चाको नाउमा विद्यार्थीको भविष्य खेलवाड नगर भन्दै शिक्षा ऐनमा परिवर्तन खोजिँदैछ । तस्कर र माफियाले चलाएको शासनबाट देशले ऋण बोकायो । जनताले महंगी र कालो बजारको पीडा सहन बाध्य हुँदा कुलमानहरूले आफ्नो कार्यक्षेत्र सबल बनाएका हुन् । सडक ठेक्का लिने हरेक वर्ष म्याद थप्ने काम नगर्ने क वर्गका ठेकेदारी भेञ्चरहरूलाई पनि ठेक्का रद्द गर्दै कुलमानले नयाँ ठेक्का शुरुवात गरेका छन् । तोकिएको समयमा कम नगर्ने ठेकेदारहरू दलीय आचरणमा सरकारलाई अटेर ग¥यो । काम गर्नका लागि गैर दलीय सरकारको खाँचो पर्दछ भन्ने कुरा यस पटक देखियो । जुन सरकार काम चलाउ मात्र हो ।
विद्युत प्राधिकरणमा रहँदा कुलमानले आन्तरिक खरिद आफ्नो दाजुको कम्पनी मार्फत् भिœयाएको आरोप लगाइएकै हो । तत्कालिन सरकार पनि त्यस्तै थियो । आज त्यस्तै छ । कुलमान प्राविधिक हुन् । राजनीतिज्ञ होइनन् । पुराना सबै दलको भाग पुग्यो नयाँ जो आएका थिए तिनको पनि ३ वर्षमै चरित्र देखियो । अहिलेको जेनजी पुस्ताको संघर्षले राजनीतिकै रूपरेखा देखियो । जनता भ्रष्टाचारले थलिएको शासन सत्ताबाट आक्रोशित हुँदा नयाँ मान्छेहरूको नयाँ पार्टीको बनोट पनि पुरानाकै जस्तो छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल