Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टाढिँदै गए पार्टीका समकक्षी

काठमाडौं । नेकपामा एक रुप, एक दृष्टिकोण छैन । फरक फरक चरित्रका नेताहरूको जुनसुकै एजेण्डामा फरक धारणा आएपछि एकताका बाँकी काम अलपत्र पर्दैछन् । व्यक्तिगत स्व्वार्थ र गुटको खेतीले नेकपाभित्र अन्योल खडा भएकोछ । केपी ओली पद प्राप्त गर्न जस्तोसुकै सम्झौता गर्छन् । आफ्नो स्वार्थ पूरा गर्दा ओलीले समकक्षी नेताहरूको प्रतिष्ठालाई ख्याल गरेनन् । त्यही कारण उनका समकक्षीहरू क्रमशः टाढिँदै जान थालेका छन् । पार्टी कामको विभाजन छैन । सरकारले विवादित निर्णय गर्न थालेपछि स्थायी समितिका सदस्यहरू भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराईले प्रम ओली र उनको समूहको विरोध गर्न थालेका हुन् । पार्टीमा कसैको गणना नगर्ने ओलीकै पद जोगाउनु पर्ने बाध्यता उनको प्रवृत्तिले नै देखाएको छ । प्रम एवं अध्यक्ष ओलीलाई पार्टी संगठनको एकता प्रक्रिया टुंगोमा पु¥याउने निन्ता छैन । त्यही कारण बाँकी रहेका पार्टी एकता प्रक्रिया जहाँको त्यही छन् । अहिले असार अन्तसम्म एकताको काम सक्ने भनिँदैछ । ओलीले पूर्व एमाले पक्षले उठाउँदै आएको जनताको बहुदलीय जनवादलाई उपप्रम ईश्वर पोखरेलमार्फत् उठाउन लगाएका छन् । पार्टी एकतापछिको राजनीतिक समितिको बैठकपछि जबज र २१औं शताब्दीको जनवाद मिसाएर समाजवादी बाटोमा पार्टीलाई लैजाने गरी प्रस्ताव बनाउन सबै तयार थिए । झलनाथ खनाल, वामदेव गौतम, माधव नेपालले पार्टीलाई बलियो बनाउन जोड दिँदा बेवास्ता गर्ने ओली नै हुन् । अध्यक्ष ओलीले आफ्नो टिमका शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङको पार्टीमा साथ पाए पनि व्यवहारमा संघीय सरकार र प्रदेश सरकारबीचमा अधिकारसम्बन्धी लडाईं हटेको छैन । ओलीको कारण सरकारले काम देखाउने सकेको छैन । संसदमा ल्याइने विधेयकहरू विवादरहित भएनन् । सामाजिक अभियन्ताहरू समेत सरकारसँग टाढिँदै गएका छन् । प्रचण्ड र ओलीबीच पदको झगडा चर्काएर बीचमै थैली काट्ने हैसियतका नेताहरू हुँदा पार्टी जहाँ छोड्यो त्यहाँ अलपत्र परेको हो । झण्डै ८ लाख ५० हजार क्रियाशील सदस्यको चिन्ता एकता प्रक्रिया समयमा टुंगो लाग्दैन भन्ने हो । तर पार्टीले इस्यु उठाउनै नसक्ने, सरकारले योजना ल्याउन नसक्ने कसरी भयो ? प्रधानमन्त्री ओली सत्तामा गए देखिनै नयाँ एजेण्डा ल्याएनन् । भूकम्प पीडितले मात्र होइन बाढीपीडितले समेत यो वर्ष पनि त्रिपालमै बिताउनु परेको छ । मुखले बोलीदिने व्यवहारमा नपुग्ने ओलीको मेट्रो रेल, पानी जहाजको प्रसंग पनि हावाकै शरणमा प¥यो । सरकारले पार्टीलाई वाइपास गर्न हुँदैन । अरुका हकमा अनेक चपनी अपनी ल्याउन सक्नेले आफैंले बचन व्यक्त गरेका कति ईस्युहरू दबिए पत्तो पाउँदैनन् । केन्द्रीय समितिको बैठक बस्दैन, स्थायी समिति अल्झिएको छ पोलिटब्यूरो कता छ, सचिवालयमा समेत तामझामका साथ आएका एजेण्डा टिक्न सक्ने अवस्था छैन । केन्द्रीय समितिको अधिकार खोज्दा पार्टी एकताका बाँकी काम फटाफट हुन्छ भन्ने अपेक्षा कार्यकर्तामा थियो । तर अहिले सबैको चासो बदलिँदैछ । सत्ताका लडाइँ केपी र प्रचण्डबीच चर्किदा बीचमा फाइदा लिने ईश्वर पोखरेलहरूले हो । तर पोखरेल मौकाअनुसार रुप फेर्न सक्ने खुवी भएका नेता हुन् जसरी माधव, झलनाथ, वामदेव, भीम रावलकोबीचमा इस्यु मिल्छ त्यस्तो चोचोमोचो माओवादीका जनार्दन, वर्षमान, देव गुरुङ, नारायणकाजीहरूको छैन । पछिल्लोपटक गृहमन्त्री रामबहादुर थापाले प्रम ओलीलाई साथ दिएका छन् । प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरू प्रमको अधिनमा हुन्छन् । गुटको कारण नियुक्ति भएका भागवण्डाका मन्त्रीहरू विवादमा पर्नासाथ बर्खास्त हुनुपथ्र्यो । उनीहरू जोगिएर असफल भए पनि पद छाड्न चाहेका छैनन् । सरकारले संसदबाट ०७६÷०७७ को बजेट पारित गरेको छ । अब भने बदनाम मन्त्रीहरूको पदधरापमा पर्नु पर्दथ्यो । तर पार्टी नेतृत्वको ईश्युगत सवाल जवाफले सोचेजस्तो भएको छैन । डेढ वर्षसम्म काम बिना अडिएका कार्यकर्ताको इमान्दारितालाई ओलीको टिमले कमजोरीको रुपमा लियो भने त्यसले आन्तरिक विद्रोहको अवस्था निम्त्याउन सक्छ । प्रचण्डलाई डेढ वर्षमै सत्ता चाहिने ओलीले भद्र सहमति केही भएकै छैन भनेकाले २०७५ साल जेठ २ गते विष्णु पौडेल, जनार्दन शर्मा, केपी ओली र प्रचण्डबीचको समझदारी पत्रमा भएको हस्ताक्षर बाहिर आएको हो । त्यो सहमति तोड्न हँुँदैन भन्नेमत बलियो छ । तर हतार गर्ने प्रचण्ड प्रवृत्ति परिपक्व भएन । भष्मासुर रघुवीर हुन् वा ईश्वर पोखरेलको सेवक बनेर यो सरकार ५ वर्ष टिक्छ भन्ने प्रचार गर्न आफैंले भनेर रिपोटर्स क्लब र टेलिभिजनहरूमा कुर्लेको देखिन्छ । पोखरेलको जबजलाई ०७५ जेठ २ गतेको सहमतिले थन्क्याएको प्रमाण जेठ २ गते भएकोसम्झौतापत्र हेरौं ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल