Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुधनको रोहबरमा बारा प्रशासन र जेनजीबीच वार्ता हुने

काठमाडौं । बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई साथ दिन सुधन गुरुङको टोली सिमरातर्फ लागेको छ । आज दिउँसो २ देखि ३ बजेभित्र उनीहरू सिमरा आइपुग्ने बारा जेनजी संयोजक सम्राट उपाध्यायले बताए । उपाध्यायले भने, सुधनको टोली गाडीमा आइरहनुभएको छ । २–३ बजे आइपुग्नुहुन्छ होला । उहाँहरू आएपछि हामी छलफल गर्छौं । अनि प्रशासनसँग निर्णायक वार्ता हुन्छ । अरविन्द शाहलाई पक्राउ गर्नुपर्ने जेनजीको मुख्य माग पूरा भइसकेको छ । तर, आफूहरुले भनेका अरु व्यक्तिहरु पनि पक्राउ गर्न बाँकी रहेको उपाध्यायले बताए । अब जिल्ला प्रशासनसँग आन्दोलन स्थगित गरेर निर्णायक वार्तामा बस्ने तयारीमा जेनजीहरू छन् । उनीहरूले अहिले सुधनलाई पर्खिरहेका छन् । बुधबार एमाले नेता कार्यकर्ता र जेनजी युवाबीच सिमरामा झडप भएको थियो । त्यहीकारण ३ दिनदेखि सिमरा क्षेत्र अशान्त छ । कर्फ्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी समूहले बुधबार र बिहीबार दिनभर नै वीरगञ्ज(पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेको थियो । प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको थियो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल