Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैं डाक्टर, आफैं कम्पाउन्डर

आफूबाहेक अरु कोही होइनन् भन्ने स्वाभावका प्रधानमन्त्री केपी शर्मा ओली र उनको गुट कोरानाको नाममा राष्ट्रको ढुकुुटी लुट्न सक्रय छ । संघीय सरकारको कुनै तयारी नहुँदा अपर्झट लकडाउन भयो । लाखौं मजदुर सडकभा भोकै भए । सरकारले चुनावमा भोट लिँदा नगारिकता हेरेन तर देश भयावहको पीडामा फसेको, जनता भोकै हुँदा राहतमा पूरै पक्षपात देखाइयो । स्वास्थ्यकर्मीले सरकारबाट शुरुका दिनमा आवश्यक सुरक्षा सामग्री पाएनन् । चुनावको बेला मजदुरको पार्टी, किसानको पार्टी भन्ने केपी ओली मण्डलीले देखाएको व्यवहारले पार्टीकै बदनाम भयो ।
३ लाख कर्मचारी प्रताडित भए । तिनको समन्वय समेत राज्यका सञ्चालकको अहंकारले गरेन । प्रम ओली डाक्टर नै भए । डाक्टरले प्रचार गर्ने सूचना उनैले प्रचार गरेर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनमाथि प्रहार गराए । चेतनशील मान्छे समाजमा छन् भन्ने हेक्का नभएका डनका संरक्षक केपी ओली, ईश्वर पोखरेलहरुले स्वास्थ्य सामग्री खरिदमा देखाएको अपराध नेपाली जनताले थाहा पाए । सरकारप्रति जनताले विश्वास नगर्नुको कारण अन्याय र अत्याचारका डाक्टर केपी गुटकै व्यवहार हो । जुनगुट आफैं डाक्टर बन्छ, आफैं नागरिक विज्ञ हुन्छ ।
गलत चिन्तनका ठेकेदारहरुको विश्वास गर्न सकिने अवस्था छैन । १४ वर्ष जेल बसेको योग्यताका नायक केपी र उनको मण्डलीले डा. शेरबहादुर पुनलाई सताउँदा दैनिक हजार जनाको चुल्हो बाल्न सफल एभिन्युज टेलिभिजनलाई ठाउँ ठाउँमा बाधा खडा गराउने हर्कत गर्दा जनताले प्रतिकार गरे । खोई त ओलीको नेतृत्वको ३ खम्बे सरकारको जनताप्रतिको सद्भाव र विश्वास । प्रम ओली आफैं रोगी, विश्वमा यस्ता रोगी प्रधानमन्त्रीले शासन चलाएका छैनन् । नेपाल नै यस्तो देश हो जहाँ प्रमको निर्देशन कार्यान्वय हुँदैन ।


सम्बन्धित समाचार