Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । कोरोनाको महामारीरिुद्ध लड्ने बेलामा सरकारले अध्यादेश ल्याएपछि ‘बेमौसमको बाजा’ भनेर सरकारको चकोर्आ लोचना भइरहेको बेला अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दै छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न मंगलबार विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने छ । सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यसबाट नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ । संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबाट प्रतिपक्षी दलका नेताको सहभागिता विना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ । यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेर टिप्पणी गरेको छ । यस्तै राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेशबाट दल विभाजनको प्रावधान खुकुलो बनाइएको छ ।


सम्बन्धित समाचार