Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन्।
२१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका नेताहरुलाई बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारको कार्यतालिका पेश हुँदैछ र सर्वसम्मत पारित गर्ने तयारी भइरहेको छ।
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन् ।
देउवाले संस्थापन पक्षीय नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले यस्तो निर्देशन दिएको एक नेताले जानकारी दिए ।
आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारको कार्यतालिका पेश हुँदैछ ।
‘सभापतिज्यूले कार्यतालिका सर्वसम्मत पास गर्नुस् । यसले विभाजनको कुरा रोक्छ भन्नुभयो, छलफलमा सहभागी एक नेताले भने, हामीले आफ्ना कुरा राख्यौं सभापतिले भनेपछि हामी सर्वसम्मत पास गरौं भनेर फर्कियौं ।
यसअघि संस्थापन पक्षीय नेताहरू चुनाव अघि महाधिवेशन गर्न नहुने अडामा थिए । उनीहरूले आइतबार भेला गरेर सोमबारको बैठकमा पेस हुने कार्यतालिका फेल गर्ने तयारीसमेत गरेका थिए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल