Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाबालिका बलात्कार प्रकरणमा फरार एमाले नेता भारतबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता एवम् व्यवसायी शिवशंकर साह (हिरा) पक्राउ परेका छन् । नेकपा एमाले एवम् प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्ष समेत रहेका साहलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । शाहले सञ्चालन गरेको होटलमा केही दिनअघि नाबालिकाको बलात्कार भएको आरोपमा अनुसन्धान थालेपछि दाजु मनोज साह पक्राउ परिसकेका थिए । दाजु पक्राउपछि भारतको बिहारमा रहेका हिरालाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको हो । मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ । हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखमा उम्मेदवार थिए । उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत छन् । यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामासमेत पक्राउ परेका छन् ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल