Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभाको चुनाव आगामी वैशाखमा भए पनि स्वीकार्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् शर्माले फागुन २१ गतेको निर्वाचन सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा त्यसलाई स्वीकार गर्ने बताएका हुन्। शर्माले फागुन २१ गतेको निर्वाचन वैशाखमा सार्नु तीन कारणले उपयुक्त हुने तर्क पनि गरेका छन्। जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र नेपाली हिमाली क्षेत्रलाई सहज बनाउन पनि वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनले उल्लेख गरेका छन्। उनले सरकार र जेनजीबीच दुई दिनअघि भएको सहमतिलाई स्वागत गरेका छन्। उनले जेनजीसँग सहमति गर्दा सरकारले राजनीति दलहरुलाई सहभागी नगराएकोमा भने आलोचना गरेका छन्। उनले गएको भदौ २३ को बल प्रयोग उपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन्। उनले जेनजी र सरकारबीचको दस्तावेज कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को लागि घोषित निर्वाचनको मिति बाधक बन्नुहुन्न भन्नेमा जोड दिएका छन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल