Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई हात्ती उडाएर लैजाने विमान भैरहवामा
काठमाडौँ । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन करता एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो । खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको छ । यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो । जहाज भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्नेछ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल