Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि र जेनजी देखेर रैथाने दल थर्कमान

काठमाडौं । पूर्वाग्रह केन्द्रीत सहकारी ठगी प्रकरणमाथिको अदालती कारबाहीमाथि उच्च अदालत तुल्सीपुर इजालसका न्यायाधीशद्वय बासुदेव आचार्य र चेतनारायण पौडेलको इजालसले सुप्रिम सहकारीको रकम हिनामिनामा आफ्नो भागमा परेको २ करोड ७४ लाख ८४ हजार रकम बैङ्क ग्यारेन्टी राखेर रवि लामिछाने थुनामुक्त गर्न दिएको आदेशपछि गगन थापा, डा. आरजु राणा र केपी ओली थर्कमान भएका छन् । उनीहरूकै योजनामा संसदीय छानविन समितिले समेत खोट देखाउन नसकेको प्रतिवेदनलाई लत्याएर रास्वपाका सभापतिमाथि झूठो मुद्दा लगाउँदै बुटवल, पोखरा, भरतपुर, वीरगञ्जसम्म थुनुवा बनाउँदै दौडाइएको थियो । काँग्रेसका धनराज गुरुङ, एमालेकी अञ्जला कोइराला जोगाउने रवि लामिछानेलाई थुन्ने, गगन थापा, डा. आरजु राणा र केपी ओलीको योजनामा भएको अपराधको भण्डाफोर पीडितले कति गर्छन् । र तर नेपाली प्रेसले ओली शासनका दर्जनौं अपराधको विरोध गरेकै छ ।
प्रचण्ड सरकारमा रवि लामछिानेलाई उपप्रम सहित गृहमन्त्रालय दिलाउने उनै ओली हुन् । उनले प्रधानमन्त्रीको तहबाट गरिने गोप्य सूचना रवि मार्फत् लिँदै आएका थिए । जब सरकार मानव तस्करहरूको जालो च्यात्न तयार भयो त्यसको प्रभावले काँग्रेसकी कुलायनलाई छोयो । जहाँ केपी ओलीकी पत्नी राधिका शाक्यको मानव सेवा संघ र स्वकिय सचिव राजेश बज्राचार्य जोडिएका थिए । बज्राचार्य नेपाल ट्रष्टको जग्गा भाडा काण्डमा जोडिएका छन् । नककली भुटानी शरणार्थी प्रकरण काण्डमा डा. आरजु, बालकृष्ण खाँण, रामबहादुर थापा पुत्र प्रतीक थापा, श्रीमती नैनकला थापासम्मलाई पैसा बुझाएका बेचन झाको पक्राउले आतंकित यो समूहले प्रचण्डको नेतृत्वको सरकार ढालेर काँग्रेस, एमाले गठबन्धन खडा ग¥यो । संसदको दुई ठूला दल मिलेर सरकार गठन गरी देशको राजश्व लुट्नु आफैंमा अपराध थियो ।
एमालेको ओली गुट महाधिवेशनबाट पुनः पार्टी नेतृत्व कब्जा गर्दैमा जेनजी आन्दोलनको पीडा ओझेलमा पर्दैन । एमाले पुरानै दर्शनमा चल्छ, सकेको गर भनेर आन्दोलनकारीलाई चुनौती दिएको छ भने काँग्रेसका भष्मासुर समूह देउवा र गगनको दलीय प्रतिस्पर्धा पार्टीको १५औं महाधिवेशनको नेतृत्व चयन नथन्कला भन्न सकिँदैन । किनकि त्यहाँ भ्रष्टाचारमा चुर्लुम्म भएकाहरूलाई छानिछानि केन्द्रीय पदाधिकारी र सदस्यमा पराजित गराउने वातावरण बन्दैछ । सरकार कमजोर भयो रास्वपा जेनजी पुस्ताका छरिएर रहेका युवाहरूलाई समेट्न सक्छ । नेपाली कम्युनिष्ट पार्टीले पनि त्यो पुस्ताले उठाएको मुद्दा १० वर्षे जनयुद्ध र संविधानसभाबाट संविधान जारी गर्दा नै थुप्रै विषयमा फरक मत राखेर पारदर्शीता स्वाच्छता भेदभावरहित समाज भ्रष्टाचारीमाथि छानविन जस्ता विषय उब्जाएको दाबी माओवादीले गरेको छ । जेनजी आन्दोलनले उब्जेका दलले पनि माओवादीले उठाएका इस्युलाई पार्टीको एजेन्ड बनाएका छन् । रवि लामिछानेको पार्टीबाट संरक्षण खोज्दै जो जहाँ गए पनि भोलि भ्रष्टाचारका भकारी काँग्रेस, एमालेसँग भिड्दा मोर्चाबन्दीमा जुट्नु पर्ने बाध्यता छ । पार्टी सभापति जेल पर्दा आन्तरिक भेला र उम्मेदवारहरूको छनोटमै अमेरिकी पद्दति अपनाएको रास्वपाले प्रदेश सांसद बन्न रु १५ हजार संघीय संसद बन्न ५० हजार पार्टी शुल्क तोकेको छ । भ्रष्टाचारीको गहना मानिएका ठूला दलले तस्कर, माफियासँग चन्दा लिएर आफ्नो उम्मेदवारलाई चुनाव खर्च दिलाउने गर्छन् । तर रास्वपाले पार्टीको उम्मेदवार बन्नेसँग शुरुमै अशुलेको छ ।
नेपालमा राजनीति गर्ने अमेरिकी डेमोक्य्राटिक र रिपब्लिक पार्टीको सिको गरेर रास्वपाको नेतृत्वले जनतामा पहिचान देखाएको छ । रास्वपा सभापतिलाई पद र कुर्सीको मोह छैन भने उनको पहलमा बालेन, कुलमान, हर्क मात्र होइन परिवर्तनको एजेन्डा, संविधानसभादेखि उठाउँदै आएको माओवादीले आफ्नो पुराना एजेन्डा त्यागेर विचार मिल्ने शक्तिसँग चुनावी सहकार्य गर्न सके पुराना भ्रष्टाचारी र रैथाने चरित्रहरू थन्को लाग्ने निश्चित छ । किनकि काँग्रेस, एमाले मिल्दा प्रहरी, कर्मचारी, अख्तियार, अदालतको गति कस्तो भयो त्यो जनताले ओली कालको दुई तिहाई देखेकै हो ।

 


सम्बन्धित समाचार